किम जोङ–उनले ‘बुढो’ भनेपछि ट्रम्पले दिए यस्तो जवाफ

हनोई, २६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियाका नेतालाई कहिले पनि ‘पुड्के र मोटे’ नभन्ने टिप्पणी गरेका छन् उनीहरुबीच पछिल्लो समयमा लगातार राजनीतिक भन्दा पनि व्यक्तिगत टिप्पणी हुने गरेको छ ।  ट्रम्पले आफ्नो एसिया भ्रमणका क्रममा भियतनामको हनोईबाट ट्विट गर्दै भनेका छन्, ‘किम जोङ–उनले मलाई ‘बुढो’ भनेर अपमान गरे तर म उनलाई कहिल्यै पनि ‘पुड्के र मोटे’ भन्दिन । म उनको साथी बन्न कोशिस गर्छु र एक न एक दिन त्यो समय आउँनेछ ।’यसका साथै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी लगाउन सहमत भएको पनि दाबी गरेका छन् यसअघि उत्तर कोरिायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमणलाई ‘यद्धोन्मादी’ भएको भनेर आलोचना गर्दैै यसबाट प्योङयाङलाई पूर्ण परमाणु शक्ति बढाउन सहयोग पुग्ने टिप्पणी गरेको थियो ट्रम्पले एसिया भ्रमणका क्रममा उत्तर कोरियाको हतियार कार्यक्रम रोक्नका लागि समर्थन जुटाइरहेका छन् । उनले क्षेत्रीय शक्तिहरुलाई उत्तर कोरियाविरुद्ध एकजुट भएर खडा हुन अनुरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?