चुनावी अभियान सुरु गर्न स्पेनी प्रधानमन्त्री राजोए क्याटलोनिया जाने

मड्रिड, २६ कात्तिक । स्पेनी प्रधानमन्त्री मारियानो राजोए आगामी डिसेम्बर २१ मा हुने तय भएको क्याटालोनिया स्वायत्त क्षेत्रको संसदीय निर्वाचनको प्रचार सुरुवात गर्नका लागि बार्सिलोना जाने भएका छन् उनी आफ्नो कन्जरभेटिभ पार्टीको चुनावी कार्यक्रममा सहभागी हुनका लागि बार्सिलोना जान लागेका हुन् । उनले आइतबार बिहान आफ्नो पार्टीका समर्थकहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ क्याटलान नेताहरुलाई पक्राउ गरेको विरोधमा करिब ७ लाख ५० हजारले बार्सिलोनामा प्रदर्शन गरेपछि राजोएको क्याटलोनिया भ्रमणको खबर बाहिर आएको हो गत अक्टोबरमा नै क्याटलोनियाका नेताहरुले गराएको जनमत संग्रहको परिणाम अनुसार स्वतन्त्र भएको घोषणा गरेपछि स्पेन सरकारले संविधानको धारा १५५ सक्रिय बनाउँदै क्याटलोनियाको स्वायत्ततालाई निलम्बन गरी त्यहाँको सरकार र संसद बर्खास्त गरिदिएको थियो स्पेनको संवैधानिक अदालतले पनि सो जनमत संग्रहलाई अवैध भएको बताएको छ । उप्रधानमन्त्रीलाई क्याटलोनियाको जिम्मा दिएर दुई साताअघि प्रत्यक्ष शासन सुरु गरेपछि पहिलो पटक स्पेनी प्रधानमन्त्रीको यो भ्रमण हुन लागेको हो अक्टोबर २ मा भएको जनमत संग्रहमा क्याटलोनियाका ४३ प्रतिशत मतदाताले मतदान गरेका थिए भने कुल खसेको मतको ९२ प्रतिशत स्वतन्त्र हुने पक्षमा परेको थियो क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा रहेकाहरुले भने मतदानमा सहभागिता जनाएका थिएनन् । स्वतन्त्र हुने विषयमा संसदमा भएको मतदानमा पनि विपक्षी पार्टीले बहिस्कार गरेको थियो मड्रिडस्थित केन्द्र सरकारले बर्खास्त गरेका क्याटलोनियाका राष्ट्रपति कार्लेस पुज्डमोन भने बेल्जियममा गएर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?