फिल्मले दर्शकको मन जित्न सक्दैन भने त्यस्तो फिल्मको कुनै काम छैनः संजय मिश्र

एजेन्सी । बलिउडमा करिब २५ अभिनय गरिसकेका संजय मिश्रले फिल्म पैसाले नभई दिमागले चल्ने बताएका छन् । विगत २५ वर्षदेखि निरन्तर अभिनय गरिरहेका अभिनेता मिश्रले अबका दर्शकले फिल्ममा नयाँ कहानी र गुणस्तर खोज्ने कुरामा जोड दिँदै उक्त कुरा बताएका हुन् अभिनेता संजय भन्छन, ‘आजकल फिल्मको बजेटले त्यति मान्यता राख्दैन । तपाईंले २०० करोड खर्च गर्नुहोस् या २ करोड, फिल्म हेर्न जानेलाई त्यो कुराको कुनै मतलब हुँदैन । दर्शकलाई त फिल्म राम्रो होस भन्नेमा मात्र मतलब हुन्छ । फिल्ममा चाहे खान, कपुर या चोपडा नै किन नहोस, त्यो कुराले पनि फिल्मलाई कुनै असर पार्दैन । यदि फिल्मले दर्शकको मन जित्न सक्दैन भने त्यस्तो फिल्मको कुनै काम नै छैन ।’संजयले ‘दिल से, तारे जमिन पर, गोलमाल, वेलकम’ लगायतका फिल्ममा विभिन्न भूमिका निभाएका छन् । आफू ‘मेनस्ट्रिम र अफबिट’ दुबै फिल्ममा काम गर्दा रमाउने कुरा उनी बताउँछन् । फिल्ममा विभिन्न अभिनयमा देखिने संजयका काम दर्शकले अत्यधिक रुचाएका गरेका पाइन्छ । ‘कमर्सियल फिल्म गर्दा मलाई टि–२० खेलेको अनुभूति हुन्छ ।’ क्रिकेट र फिल्मको भाषालाई एउटै परिभाषा दिदैं उनी भन्छन, ‘यस्तै मलाई अफबिट फिल्म टेस्ट म्याच जस्तै लाग्छ । यसमा मैले एउटै पिचमा तीन दिनसम्म काम गर्नपर्ने हुन्छ ।’फिल्ममा अभिनय गर्दा आफू को हुँ भन्ने कुरा बिर्सिएर फिल्मले मागेको पात्रमा भुल्ने उनी बताउँछन् आल संजय फिल्म ‘कवाडी हावा’को तयारीमा व्यस्त देखिन्छन् । निला माधव पांडा निर्देशित यो फिल्म जलवायु परिवर्तनको विषयमा केन्द्रित छ । फिल्ममा संजयले एक ७० वर्षीय नेत्रहिन व्यक्तिको भूमिका देखिने छन् । ‘कवाडी हावा’ फिल्ममा म प्रमुख भूमिकामा छु । त्यसैले फिल्म अगाडि कसरी बढाउने भन्ने जिम्मेवारी मेरो काँधमा छ । दुई घण्टाको फिल्ममा दर्शकको पैसा असुल होओस् भनेर मैले यो फिल्ममा निकै मेहनत गर्नु पर्ने छ २४ नोभेम्बरमा फिल्म ‘कवाडी हावा’ प्रदर्शन हुने तयारीमा छ । फिल्ममा संजयसँगै रनवीर शौरी र तिलोत्तमा शोमको पनि अभिनय देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?