नेपालद्वारा भारतसामू जितका लागि १८६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २६ कात्तिक । नेपालले एसीसी यू–१९ एसिया कपमा भारतसामू जितका लागि १ सय ८६ रनको लक्ष्य पेश गरेको छ । भारतले अहिले जवाफी ब्याटिङ गरिरहेको छ पहिले ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङको सहयोगमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको हो निकै खराब सुरुवात गरेको नेपालले २८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् नेपालको पारी सकिन ८ बल बाँकी छँदा आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएकाले पनि प्रतियोगिताको अर्को चरणमा पुग्न नेपाललाई भारतविरुद्ध निश्चित जित आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?