यमनमाथि सडक,समुद्री र हवाई मार्गमा लगाएको नाकाबन्दीप्रति राष्ट्रसंघीय एजेन्सीको चासो

संयुक्त राष्ट्रसंघ, २६ कात्तिक । साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनमा लगाएको नाकाबन्दीप्रति संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले चासो देखाएका छन् साउदी अरेबियाको सेनाको नेतृत्वको अरब देशहरुको गठबन्धनले यमनमाथि नाकाबन्दी लगाएका थिए । उक्त गठबन्धनले यमनमाथि सडक, समुद्री र हवाई मार्गमा समेत नाकाबन्दी लगाएउँदै आएको छ अरेबियाको आर्थिक नाकाबन्दीका कारण यमनमा अति आवशयक पर्ने आधारभूत सामानहरु आपूर्तीको लागि समस्या उत्पन्न हुन थालेको भन्दै यो अवस्थाको अन्त्यका लागि राष्ट्रसंघले अपिल समेत गरेको छ राष्ट्रसंघले नै यस विषयमा गम्भीर रुपमा चासो व्यक्त गरेको राष्ट्रसंघीय महासचिवका प्रवक्ताले जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् यमनमा रहेको राष्ट्रसंघीय बालकोषका प्रतिनिधिले यस नाकाबन्दीका कारण यमनी बालबालिकाका लागि आवश्यक पर्ने खोप लगायतका विभिन्न सामाग्रीको आपूर्तीका लागि पनि समस्या उत्पन्न भएको जनाएका छन् विश्व स्वास्थ्य संगठनले यमनमा अहिलेकै अवस्था कायम रहने हो भने केही दिनपछि नै औषधिको आपूर्ती समेत हुन नसक्ने जनाएको छ । भने विश्व खाद्य कार्यक्रमले खाद्यान्न आपूर्तीमा समस्या हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?