काठमाडौं, २६ कात्तिक । आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका माओवादी केन्द्रका नेतालाई लक्षित गरी विप्लवको नेकपाका कार्यकर्ताले आक्रमण गरेपछि निर्वाचन आयोगले निर्वाचन सुरक्षाका विषयमा सुरक्षा प्रमुखहरुसँग छलफल गर्ने भएको छ उम्मेदवार लक्षित बम आक्रमणका घटनाहरु लगातार रुपमा भएपछि आयोगले सुरक्षा व्यवस्थाका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो सुरक्षा निकायका प्रमुखहरुसँग दिउँसो १ बजे छलफल गर्न लागिएको आयोगका प्रवत्ता नवराज ढकालले बताए छलफलमा आयोगका पदाधिकारीहरुले समग्र देशको शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो भने त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो यी दुवै बम विस्फोटका घटनामा उम्मेदवारहरु भने सुरक्षित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया