एमाले र माओवादीको पार्टी एकता प्रकरणले हंगामा, यस्तो आयो प्रचण्ड र ओलीको प्रतिक्रिया

काठमाडौं, २६ कात्तिक–एमाले र माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकता नहुने दुबै पार्टीका अध्यक्षले बताएका छन् । यस विषयमा आएका समाचारको एमाले अध्यक्ष केपी ओलीले खण्डन गरेका छन् । एमाले अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले भने, ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, यो कहाँबाट आयौ खै । मैले प्रचण्डजीलाई फोन गरेर पनि सोधें, उहाँलाई पनि थाहा छैन । ’यस्तै प्रचण्डको सचिवालयले पनि त्यस्तै प्रतिक्रिया दिएको छ प्रचण्डका स्वकीय सचिव मनहरि तिमल्सिनाले भने–सामाजिक सञ्जालमा मंसीर ९ गते एमाले(माओवादी एकताको चर्चा चलेको छ। एमाले(माओवादी बीच पार्टी एकता हुनेमा कुनै शंका छैन। तर, निवार्चनको चटारोका कारण मंसीर ९ मा पार्टी एकताका लागि समय पुग्दैन। मार्ग निर्देशक सिद्धान्त, इतिहासको मूल्याङ्कन र संगठनात्मक एकरुपता कायम गरि मंसीर २१ गतेपछि लगत्तै पार्टी एकता हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?