‘फिल्म ‘पद्मावती’ मा राजपूत मर्यादाको ध्यान राखिएको छ’

मुम्बई, २६ कात्तिक । नयाँ फिल्म ‘पद्मावती’ का निर्देशक संजयलीला भंसालीले एक भिडियो सार्वजनिक गर्दै फिल्म भइरहेको विवादबारे स्पष्टिकरण दिएका छन् निर्देशक भंसालीले भने, ‘म रानी पद्मावतीको कहानीबाट सधै नै प्रभावित भएको थिए, यो फिल्मले उनको वीरता र बलिदानको महसुस गराउँछ ।’उनले भने, ‘केही अफवाहले गर्दा यो फिल्म विवाद रहेको छ, अफवाह यो छ कि फिल्ममा रानी पद्मावती र अलाउद्दीन खिलजीबीच प्रेम सम्बन्ध देखाइएको छ । मैले यो विषयलाई पहिलो देखिनै अस्विकार गरिसकेको छु । साथै लिखित स्पष्टिकरण पनि दिइसकेको छु । एक पटक फेरि भनिरहेको छु कि मेरो फिल्ममा रानी पद्मावती र अलाउद्दीन खिलजीबीच कुनै सीन छैन जुन कसैको भावनालाई ठेस पुर्‍याओस् । त्यसैले हाम्रो इतिहासको हिस्सा हो पद्यावती ।’उनले यो फिल्मलाई एकदम जिम्मेवारपूर्ण बनाएको उल्लेख गर्दै राजपुतको मान र मर्यादाको ध्यान राखेको छु ।’ केही हिन्दू नेता र सत्ताधारी भाजपासँग जोडिएका नेताहरुले फिल्म पद्मावतीका विरुद्ध उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?