३ अर्ब एनआईसी एशिया ऋणपत्रका लागि नबिल इन्भेष्टमेन बैंकलाई बिक्री प्रबन्धक नियुक्त

काठमाडौं, २६ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ एनआईसी एशिया बैंक लिमिटेडले १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रु ३ अर्ब बराबरको “एनआईसी एशिया ऋणपत्र २०८१–०८२” निष्कासनको निमित्त धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको बताइएको छ एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा आफ्नो तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ रु. ३ अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु.२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने छ प्रस्तावित ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे कार्यकारी अधिकृत रिसालले जानकारी दिएका छन् यस सम्झौतापत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सक्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?