साउदी अरबमा धुर्मुस–सुन्तली साझको तयारी अन्तिम चरणमा

राजु खनालसाउदी अरब, २६ कात्तिक । ‘धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माणका लागि सहयोगार्थ’ गसर अल अरब को हल जाबेर रोड, रियादमा आगामी १७ नोभेम्बर, २०१७ शुक्रबारका दिन दिनको एक वजेदेखि हुने धुर्मुस–सुन्तली साझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ पारिवारिक समाज नेपाल साउदी अरब र सिटी एक्प्रेसको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को विशेष प्रस्तुतिका साथै अन्य चर्चित कलाकारहरु रबिन सुब्बा, दिपक बिक, राम तिवारीलगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नृत्य, गित, गजल र हास्यव्यङ्ग्य कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ कार्यक्रममा सहभागी हुनका लागि १५ सय टिकट बिक्रीका लागि पठाइएको र २५ सय देखि ३ हजार सम्मले अवलोकन गर्ने अनुमान आयोजकको छ नेपाली राजदूताबास साउदी अरबका राजदुत डा.महेन्द्रप्रसाद सिंहको बिशेष उपस्थितिमा हुने कार्यक्रम हेर्नका लागि रियाद अलखार्ज, दम्माम जुबेल जेद्दा अल कसीम लगायतका क्षेत्रबाट रोजगारको सिलसिलामा साउदी अरव आएका नेपालीहरुको बाक्लो उपस्थिति रहने र रियादको बथाहदेखि बसको समेत व्वस्था मिलाईएको पारिवारिक समाजका महासचिव अरुणकुमार बेलबासेले जानकारी दिए बेलबासेका अनुसार मनोरञ्जनात्मक कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिनेछ सामाजिक अभियन्ता धुर्मुस सुन्तलीलाई कार्यक्रममा उपस्थित भई सम्मान गरिदिनका लागि साउदी अरेबिया बासी नेपालीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?