‘पत्रकार गौरी लंकेशका हत्याराविरुद्ध प्रमाण भेटियो, केही सातामै पक्राउ’

एजेन्सी, २६ कात्तिक । कर्नाटकका गृहमन्त्री रामलिंगा रेड्डीले वरिष्ठ पत्रकार गौरी लंकेशको हत्यारालाई केही सातामा नै पक्राउ गर्ने बताएका छन् दुई महिनाअघि गोली हानी हत्या गरिएकी पत्रकार लंकेशको हत्याबारे छानविन गरिरहेको विशेष टोलीले हत्याराबारे सबै प्रमाण फेला पारेको र केही सातामा नै पक्राउ गर्ने बताएका हुन् यद्यपि हत्यारा को थियो भनेर अहिले नै खुलासा नगर्ने बताए । उनले केही साताको अर्थ एक वा दुई साता भने नभएको पनि उल्लेख गरे यसअघि २ अक्टोबरमा पनि गृहमन्त्री रेड्डीले वरिष्ठ कन्नड पत्रकार गौरी लंकेशको हत्याबारे केही सुराक मिलेको र विशेष अनुसन्धान टोलीले थप अनुसन्धान गरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?