एप्पलको १० औं एनिभर्सरी मोबाइल सिजन आइफोन टेन कोरियामा बिक्रि हुँदै

काठमाडौं, २६ कात्तिक । मोबाइल निर्माता कम्पनी एप्पलको १० औं एनिभर्सरी मोबाइल सिरिज आइफोन टेन (एक्स) कोरियामा पनि बिक्रि खुल्ला हुने भएको छ अमेरिका, चीन तथा जापानमा नोभेम्बर ३ तारिखदेखि एकसाथ बिक्रि खुल्ला गरिएको आइफोन टेनले जनाएको छ भने यही नोभेम्बर २४ तारिखदेखि कोरिया, मलेसिया, थाइल्याण्डलगाएत १३ वटा देशमा पनि एकसाथ लन्च हुने कम्पनी एप्पलले जनाएको छ कोरियामा यसअघि आइफोन एट तथा एट प्लसको बुकिङ खुल्ला भइसकेको छ । कोरियाका ३ वटा ठूला मोबाइल बिक्रेता कम्पनी एस के टि, के टि तथा एलजी यु प्लस मार्फत बुकिङ खुल्ला गरिने आइफोन टेनको मूल्य मोडेल अनुसार फरक हुने बताइएको छ त्यस्तै, कोरियाका मोबाइल बिक्रेता कम्पनि एस के टि ,के टि तथा एलजी यु प्लसले केही दिनमै फिक्स मूल्य निर्धारण गर्ने समेत बताएको छ हालको लागि आइफोन टेन ६४ जिवीको मूल्य १४ लाख २० हजार कोरियन वोन अर्थात १२ सय ७५ अमेरिकी डलर कायम गरिएको छ भने २५६ जिवीको मूल्य १६ लाख वोन भन्दा माथि रहेको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?