यी हुन् सबैलाई चकित पार्ने काठमाडौँका ७ चुनावी नतिजा

नानीमैया दाहाल : २०३८काठमाडौंका मतदाताको मनोविज्ञान बयान गर्ने सबैभन्दा पुरानो, तर सटिक उदाहरण हो आमनिर्वाचन–२०३८ । पञ्चायतका धुरन्धर जोगमेहर श्रेष्ठले २९ हजार मत ल्याउँदा त्यसअगाडि नामै नसुनिएकी नानीमैया दाहालले ६५ हजार ७ सय मत ल्याएर विजयी भएकी थिइन् राष्ट्रिय पञ्चायत निर्वाचनका लागि काठमाडौंबाट सर्वाधिक मत ल्याउने दुईजना निर्वाचित हुने व्यवस्थाअनुसार जोगमेहर पनि रापंस भए । र, पछिसम्म राजनीतिमा रहे । तर, देशको राजधानीकी सर्वाधिक लोकप्रिय नेतृ कुन गल्लीबाट आएकी थिइन् र कथा हराइन् कसैलाई पत्तो छैन मंगलादेवी सिंह : २०४८०४६ सालको जनआन्दोलनका नायक गणेशमानसिंहकी जीवनसंगिनी मात्र होइन आन्दोलनकै एक सारथि थिइन् मंगलादेवी सिंह । तर, सफल जनआन्दोलनलगत्तै भएको निर्वाचनमा काठमाडौं–३ का मतदाताले मंगलादेवीलाई पराजित गरे । सँगै काठमाडौं ४ बाट उनका छोरा प्रकाशमान पनि पराजित भएपछि गणेशमानले भने– ‘काठमाडौंका जनता भेडा हुन् ।’कृष्णप्रसाद भट्टराई : २०४८ ०४६ सालको आन्दोलनपछि ०४७ सालमा संविधान जारी गर्दाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं १ का जनताले पराजित गराए । उनी ०४८ मा एमाले महासचिव मदन भण्डारीसँग पराजित भए । मदनको निधनपछि ०५० सालको उपनिर्वाचन र ०५१ को मध्यावधि निर्वाचनमा विद्या भण्डारीसँग पराजित भट्टराईलाई काठमाडौंले कहिल्यै पनि सांसद बन्न दिएन । ०५६ मा पर्सा पुगेपछि मात्र सांसद बन्ने उनको सपना साकार भयो कीर्तिनिधि विष्ट : २०५१०१५ सालको आमनिर्वाचनबाट दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री भएका बिपी कोइरालालाई गिरफ्तार गरेर जेल हाल्ने राजालाई समर्थन गर्दै सातपटक मन्त्री, दुईपटक उपप्रधानमन्त्री, दुईपटक प्रधानमन्त्री र राजाको मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका कीर्तिनिधि विष्टले दुईपटक मात्र निर्वाचनमा उठ्ने कोसिस गरे ०५१ को निर्वाचनमा काठमाडौं ३ मा उम्मेदवार बनेका उनले ११८० मत ल्याए । ०५६ मा फेरि प्रयास गर्दा उनको मत ३६५ मा सीमित रह्यो । तैपनि राजाले सत्ता हातमा लिएपछि उनी शक्तिमा आए झक्कु सुवेदी : २०६४ सशस्त्र द्वन्द्वलगत्तै ०६४ सालमा भएको निर्वाचनमा एमालेका शक्तिशाली महासचिव माधवकुमार नेपालले काठमाडौं २ बाट अनपेक्षित हार सामना गर्नुपर्‍यो रोल्पा जिविसका पूर्वसभापति झक्कु सुवेदीले अचानक काठमाडौंबाट जितेर सनसनी मच्चाए । सो निर्वाचनमा एमाले उपत्यकाका १५ वटै सिटमा पराजित भयो । झक्कु यसपालि काठमाडौं ६ बाट उम्मेदवार छन् र माधव नेपाललाई काठमाडौं २ मा माओवादीको साथ छ राजेन्द्र केसी : २०७० ०६४ को निर्वाचनमा २३ हजार २७७ मत ल्याएर माओवादी अध्यक्ष प्रचण्ड विजयी हुँदा काठमाडौं १० मा उनका प्रतिस्पर्धी राजेन्द्र केसीले १२ हजार १५४ मत ल्याएका थिए तर, ०७० को निर्वाचनमा प्रचण्डले १२ हजार ८५९ मत ल्याउँदा कांग्रेसका राजेन्द्रले २९ हजार ३९२ मत ल्याए । ०६४ को निर्वाचनमा काठमाडौंका चार निर्वाचन क्षेत्र जितेको माओवादीले ०७० मा शून्य सिटमा चित्त बुझाउनुपर्‍यो रञ्जु दर्शना : २०७४२० वर्षपछि आह्वान भएको गत स्थानीय निर्वाचनमा काठमाडौंको मेयरका लागि राष्ट्रिय दल र राष्ट्रिय व्यक्तित्वबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, योबीचमा २१ वर्षकी युवती रञ्जु दर्शनाले २३ हजार मत ल्याएर सबैलाई चकित बनाइन् उनले निर्वाचित विद्यासुन्दर शाक्यको तुलनामा एकतिहाइ मात्र ल्याएकी हुन् । तर, माओवादी उम्मेदवारले जमानत पनि जोगाउन नसकेको यो निर्वाचनमा अर्का चर्चित उम्मेदवार तथा पूर्वसचिव किशोर थापाले भन्दा पनि रञ्जुले धेरै मत ल्याएकाले उनको चर्चा धेरै भयो । -नयाँ पत्रिकाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?