सधैँ अनिश्चित काठमाडौंका मतदाता : यसकारण अस्थिर हुन्छ सहरी मत

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदाता नातागोता र इष्टमित्र जस्ता सामाजिक जालोभित्र रहन्छन् । त्यसैले उनीहरूको मत सधैं स्थिर हुन्छ । तर, सहरका मतादाता त्यस्ता सामाजिक जालोभित्र रहेका हुँदैनन् । त्यसैले सहरका मत सधैं अस्थिर प्रकृतिको हुन्छ । त्यस्ता मत क्षणिक लहडको भरमा जता पनि बहन सक्छ । लौहपुरुषका रूपमा परिचित गणेशमान सिंहले सायद सहरको यो मनोविज्ञान बुझेका थिए । उनी आफ्ना मतदाताप्रति विश्वस्त थिएनन् । त्यसैले उनी निर्वाचन अवधिभर आफ्नो चुनावी क्षेत्रमा बस्न छाडेर काभ्रेको बनेपा गएर बसेका थिए । ०४६ सालपछिका निर्वाचनमा यो अवस्था अझ झाँगिएर गएको देखिन्छ तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई यही काठमाडौंले हरायो । उनको ठाउँमा युवा नेता मदन भण्डारी चुनाव जितेर स्थापित भए । लोकतन्त्र स्थापनालगत्तै ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीलाई काठमाडौंले अप्रत्यासित रूपमा विजय गरायो । स्थापित राजनीतिक दल कांग्रेस र एमालेले हार ब्यहोर्नु पर्‍यो । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपाल काठमाडौंकै मतका कारण स्थापित भयो । केही समयअघि भएको स्थानीय तहको निर्वाचनमा अवस्था अझ रोचक देखियो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार विवेकशील पार्टीकी रञ्जु दर्शनाले अप्रत्याशित मत ल्याउनु यसैको कारण हो, समाजशास्त्री डा. सुरेश ढकालको भनाइ नयाँ पत्रिकामा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?