२०७८,श्रावण,१५,शुक्रवार

मुकेश अम्बानीबारे राेचक ७ तथ्य

२०७४,कार्तिक,२६,आईतवार ०१:४५


भारतका चर्चित उद्योगपति मुकेश अम्बानी चर्चित पत्रिका फोब्र्सको विश्वका सर्वाधिक धनी व्यक्तिमा बर्सेनि अटाउने गर्छन् । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सका निर्देशक अम्बानीको पढाइ, प्रेमजीवन, निजी महलबारे केही तथ्य:१. घरमै अध्ययनअम्बानीको बाल्यकाल सामान्य थियो । उनले घरमै अध्ययन गरेका थिए । ‘मेरो अध्ययन घरमै भएको थियो,’ अम्बानी भन्छन् । मुकेश पिता छोराको शैक्षिक र बौद्धिक  विकासबारे चासो देखाउँथे  । सन् १९६० मा अम्बानीका पिताले शिक्षकका लागि एक पत्रिकामा विज्ञापन नै आह्वान  गरेका थिए । शिक्षकले अम्बानीलाई बौद्धिक परीक्षण र सामान्य ज्ञान  पढाउनुपथ्र्यो । बाबुले  घेरै शिक्षकको अन्तर्वार्ता लिए, अन्तमा भारतकै एक विद्यालयमा अध्यापन गर्ने महेन्द्रभाइ छनोटमा परे  । ‘महेन्द्रभाइ हरेक साँझ आउने गर्थे र हामीसँग साढे ६ बजेदेखि ८ बजेसम्म बस्ने गर्थे । शिक्षकले विभिन्न विषयको ज्ञान दिलाउँथे,’ अम्बानी भन्छन् । महेन्द्रभाइसँग दुई घन्टा निकै रमाइलो हुने गरेको अम्बानी बताउँछन् । कहिलेकाहीँ उनका पिताले महेन्द्रभाइलाई व्यापारका कुरा सुनाउँथे । सोही वेलादेखि नै अम्बानीमा रिलायन्सप्रति मोह बढेको थियो अम्बानीले पितालाई आफ्नो आदर्श व्यक्ति मान्छन् । पिताको प्रभाव आफूमा पनि परेको उनी बताउँछन् । पिताले हरेक आइतबार आफ्नो परिवारका लागि छुट्याउने गर्थे । त्यसैको प्रभावले होला अम्बानी पनि  हरेक आइतबार आफ्नो परिवारसँग बिताउँछन् २. केमिकल इन्जिनियरिङअम्बानीलाई सानैदेखि प्राविधिक विषयप्रति सोख  थियो । विद्यालयस्तरको शिक्षापछि आइएस्सी सकेर केमिकल इन्जिनियर पढे । सन् १९७० को दशकमा भारतमा टेक्सटाइल ब्रान्डको लोकप्रियता बढेको थियो । तसर्थ, परिवारले उनी टेक्सटाइल इन्जिनियर बनोस् भन्ने चाहन्थ्यो  । तर, उनी केमिकल इन्जिनियर बने । ‘मेरो निर्णयले परिवार नै आश्चर्य प¥योे,’ उनी भन्छन्, ‘केमिकल रिलायन्सको  भविष्य देखेर मैले केमिकल इन्जिनियरिङ गरेको हँु ।’ अम्बानी केमिकल इन्जिनियरिङ अध्ययन गर्दा पनि उनी रिलायन्समा पूर्ण रूपमा आबद्ध थिए  ३. भेट भएको दुई महिनामै प्रेमविवाहप्रेमिका नीतालाई भेटेको डेढ महिनामा नै उनले विवाह प्रस्ताव गरेका थिए । ‘मैले उनलाई नोभेम्बरमा भेटेँ र डिसेम्बरमा प्रस्ताव गरेँ । सो घटना बिर्सनै सक्दिनँ,’ नाटकीय शैलीमा सन् १९८४ को डिसेम्बरमा गरेको प्रेम प्रस्ताबबारे मुकेश भन्छन्, ‘म उनको स्वाभाविक र नम्र बानीबाट प्रभावित भएँ ।’मुकेश अम्बानीमा तीव्र सोच्न सक्ने क्षमता नभएको भए उनले नीतालाई त्यति छिटो विवाह प्रस्ताव गर्ने थिएनन् ।  नीताको सौन्दर्यले भुतुक्कै भएका थिए मुकेश । छैटौँ भेटमा उनले विवाह प्रस्ताव गरेका थिए । ‘म कुनै हालतमा विवाह गर्ने पक्षमा थिएँ,’ अम्बानी भन्छन् । नीताको हात अरू कसैले लैजान्छ कि भन्ने उनको चिन्ता थियो । ‘मन परेको मानिसलाई टाढा भएको कसले देख्न चाहन्छ र ?’ अम्बानी  भन्छन् । ‘मैले स्नातक सकेर विवाह गरौँला भनेकी थिए, तर अकस्मात् अम्बानीले मलाई फिल्मी शैलीमा विवाह प्रस्ताव गरे,’ पत्नी नीता स्मरण गर्छिन् । तर, उनलाई अहिले मुकेशकी पत्नी भएकोमा गौरव छ ४. पत्नीप्रति अनौठो लगावएक दिन मुकेश र उनकी पत्नी नीता आफ्नो निजी बोइङ बिजनेस जेट २ विमानमा यात्रा गरिरहेका थिए । यात्राका क्रममा मौसममा अचानक खराबी आयो ।  विमान ढलपलाउन थाल्यो । सो वेला अम्बानी जोडी डिनर गर्दै थियो । तर, विमान यस्तो हल्लियो कि नीताले खाना खाँदै गरेको प्लेट उनको हातबाट झरेर उनको बहुमूल्य लुगामा लतपतिन पुगेछ । यो अवस्था देखेर नीता दुःखी भइन् ।  तर, भारतकै धनाढ्यले पत्नी दुःखी भएको के देख्न सक्थे ? उनले प्लेट बनाउने अन्तर्राष्ट्रिय कम्पनीलाई विमान ढलपल गर्दा पनि नपोखिने खालको प्लेट निर्माण गर्न फोनबाटै निर्देशन दिए  । अम्बानीकै निर्देशनमा सो कम्पनीले विमानभित्र ढलपल गर्दा वा हल्लाउँदा पनि नपोखिने प्लेट निर्माण गरेको छ ५. बर्थडेमा जेट विमान गिफ्टअम्बानी परिवारलाई असामान्य महत्व दिन्छन् । परिवारका लागि मनोरञ्जन गर्न हरेक आइतबार समय छुट्याउँछन् । उनलाई  जन्मदिन मनाउन कुनै रुचि छैन । तर, पत्नीले वा परिवारका सदस्यले जन्म दिन मनाउँदा उनलाई खासै आपत्ति छैन । उनले जीवनमा एकपटक मात्र जन्मदिन मनाएका छन् । त्यो पनि पचास वर्षको उमेरमा । श्रीमतीको एक जन्मदिनको अवसरमा अम्बानीले ६२ मिलियन डलर पर्ने जेट विमान उपहार दिएका थिए । ४४औँ जन्मदिनका अवसरमा श्रीमतीलाई दिएको सो जेट विमानमा अत्याधुनिक कार्यालय, स्याटलाइट टेलिभिजन, वाइफाइको पहँुचलगायत अन्य अत्याधुनिक सुविधा छन् । विश्वकै खर्बपति अम्बानीलाई गहना लगाउन खासै सोख छैन  ६. गगनचुम्बी महलअम्बानीको २७ तले महलको सर्वत्र चर्चा हुने गर्छ । २ अर्ब अमेरिकी डलर मूल्यबराबरको उनको सो महलमा एउटा बलरुम, तीनवटा हेलिप्याड र एउटा स्विमिङ पुल रहेको छ । यो विश्वकै सर्वाधिक महँगो निजी आवास हो । एउटा पौराणिक टापु एन्टिलिअ नाम दिइएको सो भवन मुम्बईस्थित प्रमुख व्यापारिक केन्द्रमा पर्छ । सो आवासमा १ सय ६८ वटा कार अट्ने एउटा ग्यारेज, एउटा स्वतन्त्र हेल्थ क्लब, सिनेमाहल छन् । ४ लाख स्क्वायरफिट क्षेत्रफलमा फैलिएको घरको हेरचाहका लागि मात्र ६ सयजना कर्मचारी छन् महलका हरेक तलामा ढोकाबाहिर बगैँचा छ । महललाई लिएर विभन्न आलोचनासमेत गरेको पाइन्छ । खासगरी लाखौँ चरम गरिबीको चपेटामा रहेको सो सहरमा अम्बानी महल आफैँमा व्यंग्य भएको विरोधीको भनाइ छ । सन् २००५ मा निर्माणकार्य सुरु गरिएको सो भवनको निर्माण सन् २०१० मा सम्पन्न भएको थियो । स्टर्लिङ इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण गरेको भवनमा नौवटा लिफ्ट छन् । -नयाँ पत्रिकाबाट७. बहुआयामिक पहिचानअम्बानीको बहुआयामिक पहिचान छ । उनी  भारतीय बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डिस्ट्रिज लिमिटेड (आरआइएल) का  निर्देशक हुन् । मुम्बईमा कार्यालय रहेको आरआइएलमा उनको ४४ दशमलव ७ प्रतिशत लगानी  छ ।  उनी फोब्र्स पत्रिकाको विश्वका धनाढ्य व्यक्तिको सूचीमा बर्सेनि पर्छन् । फर्चुन म्यागेजिनको १३आैँ शक्तिशाली व्यक्तिको सूचीमा रहेका अम्बानी बैंक अफ अमेरिका कर्पोरेसन, काउन्सिल अन फरिजन रिलेसनको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डको सदस्य हुन् । त्यसैगरी, उनी इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट बेंग्लोरका अध्यक्ष हुन् । सन् १९८१ मा रेलियन्समा आबद्ध  अम्बानीले रेलियन्सइन्डस्ट्रिजलाई सफलताको शिखरमा पु¥याउन निकै मिहिनेत गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२६,आईतवार ०१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको अझैँ पनि तछाड मछाड चलिरहेको छ । माग अनुसारको खोप नपाएको कारणले खोप लगाउने ठाउँ

काठमाडौं । हामीले प्रदूषणका विभिन्न प्रकारहरु देखेका छौं । प्रदूषणका कारण खोला कालो हुने, सुख्खा हुने, धमिलो आकाश, आँखा पोल्ने

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९