२०७८,श्रावण,१५,शुक्रवार

ठूलो परिमाणमा बम बनाइने सामग्री बरामद

२०७४,कार्तिक,२५,शनिवार १५:४७


 सुर्खेत, २५ कात्तिक – प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । निर्वाचनमा प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ  “विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्बरको जीप जाँच गर्दा ६० थान डेटोनेटर, ५५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भयौँ” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने , “विष्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौंँ ।”

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार १५:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बुधवार बिहान सर्लाहीमा अपत्यारीलो घटना घट्यो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा ९ दिनको शिशुसहित तीन जनाको

काठमाडौं । १२ वर्षीय बालकले आफ्नै दिदी बलात्कार गरेका छन् । आफ्नै १६ वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले

मकवानपुर । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । हत्या भएको तीन वर्ष बितिसक्दा पनि उनको

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९