२०७८,श्रावण,१५,शुक्रवार

जनताको चाहना र देशको माग नै वाम गठबन्धन

२०७४,कार्तिक,२५,शनिवार १५:४५


पोखरा, २५ कात्तिक – नेकपा (एमाले) को निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारीले जनताको चाहना र देशको माग नै वाम गठबन्धन रहेको बताउनुभएको छ कास्की क्षेत्र नं १ (क) अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–२७ को डाँडाका नाकमा स्थापना गरिएको वाम गठबन्धनको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले गठबन्धनले दिगो शान्ति र समृद्ध नेपाल बनाउने अभियानमा सरिक भई देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले स्पष्ट बहुमतको सरकार बनाई अस्थिर राजनीतिको अन्त्य गर्दै देशको आर्थिक समृद्धि र विकास गर्ने लक्ष्य गठबन्धनको भएको स्पष्ट पार्नुभयो वाम गठबन्धन क्षेत्र नं १ का संयोजक विजयबाबु वनवासीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदवार दीपक कोइराला र सहसंयोजक छविलाल लामिछानेलगायत वक्ताले गठबन्धनलाई मत दिन आग्रह गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार १५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले)का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूह आज/भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन्। कांग्रेस

काठमाडौं । सरकार गठनको तीन साता पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत २९

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३