बम हमला हुन थालेपछि वाम गठबन्धन आक्रोशित

काठमाडौँ, २५ कात्तिक – आफ्ना उम्मेदवारलाई केन्द्रित गरेर आक्रमण हुन थालेपछि वाम गठबन्धनले आपत्ति जनाएको छ निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार लाग्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गठबन्धनले त्यस्तो आपराधिक क्रियाकलाप निन्दनीय र क्षमायोग्य नभएको प्रतिक्रिया दिएको छ । गठबन्धनले निर्वाचनको वातावरण बिगार्ने मनशायका साथ भइरहेको त्यस्तो गतिविधि क्षम्य नभएको बताउँदै त्यस्तो अराजनीतिक गतिविधि नगर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ झापामा निर्वाचन प्रचार अभियानमा रहनुभएका नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘वाम गठबन्धनबाट अत्तालिएकाहरुकै योजनामा बम पड्काउने र उम्मेदवारमाथि आक्रमण गर्ने प्रयास भइरहेकामा’ आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “केही मान्छेलाई वाम गठबन्धन मन परेको छैन, बम पड्काइएको छ । हतोत्साही बनाउने प्रयास गरिएको छ । यस्तो क्रियाकलाप हामीलाई सह्य छैन ।”यस्तै गठबन्धनमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, “हिजो(शुक्रबार) रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो । आज वर्षमान पुन चढेको गाडी नजिक माइन बिस्फोट गराइयो । यो निर्वाचन भाँड्ने मनशायले गरिएको आक्रमण हो ।”उहाँले केही दिनअघि बहालवाला मन्त्रीले नै हतियारधारी समूह छुटाउन विज्ञप्ति जारी गरेको भन्दै त्यस्ता घटना सामान्य नभएको बताउनुभयो । उहाँले विभिन्न कसरत गरेर पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको आशंका व्यक्त गर्नुभयो । चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य नहुने अध्यक्ष दाहालको भनाइ थियो आक्रमणबारे रासससँग कुरा गर्दै रोल्पाका वाम गठबन्धनका उम्मेदवार पुनले केही तत्वले आफू र बाम गठबन्धनलाई तर्साउन खोजे पनि त्यसबाट आफू नतर्सने बताउनुभयो । उहाँले चुनावी अभियान निरन्तर अगाडि बढ्ने बताउँदै नेता तथा कार्यकर्तालाई संयमित भएर अभियानमा लाग्न आग्रह गर्नुभयो । रोल्पाको ओतमा चुनावी अभियानका क्रममा आज बिहान १०ः३० मा अपरिचित व्यक्तिले माइन विष्फोट गराएका थिए । नेता पुनले भन्नुभयो, “हत्या गर्ने नियतका साथ आक्रमण भएको हो तर हामी आत्तिएका छैनौँ ।” उम्मेदवार पुन, नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य गोकुल घर्तीलगायत सवार सवारीलाई नै लक्ष्य गरेर विष्फोट गराइएको थियो यसैबीच निर्वाचन आयोगले रोल्पा र रुकुम विष्फोटबारे चासो देखाएको छ । आयोगले शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले नेता पुनसँग आक्रमणका बारेमा चासो व्यक्त गरेको छ । आयोगले आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाएको छ । प्रहरीले केही दिन पहिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज दलहादुर खत्री र सचिव सन्तोष सुवेदीलाई पक्राउ गरेको थियो । प्रहरीले सोही समूहले आक्रमण गराएको हुन सक्ने आशंका गरेको छ उता शुक्रबार आक्रमणमा पर्नुभएका रुकुमका वाम गठन्धनका उम्मेदवार शर्माले मृत्यु जितेर आएकालाई सानातिना आक्रमणले फरक नपार्ने र आक्रमण गर्नेलाई जनताले नै उचित कारबाही गर्ने प्रतिक्रिया राससलाई दिनुभयो । विनाविभागीय मन्त्री शर्माले भन्नुभयो, “गठबन्धनबाट आत्तिएका शक्तिले निर्वाचनविरुद्ध अनेकन हर्कत गरेका छन् । आक्रमण गरेर उम्मेदवारलाई तर्साउन खोजिएको छ तर त्यस्तो क्रियाकलापले हामी तर्सदैनौँ ।”उपप्रम महराबाट निन्दाउपप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वाम गठबन्धनका उम्मेदवारमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ दाङ क्षेत्र नं २ का उम्मेदवार महराले रोल्पा र रुकुमका उम्मेदवारमाथि भइरहेको आक्रमणको विज्ञप्तिमार्फत भत्र्सना गर्नुभएको छ । रुकुममा शुक्रबार वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा र रोल्पामा पुन चढेको गाडीलाई लक्ष्य गरी बम विष्फोट गराइएको र रोल्पामै प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी चढेको गाडीमाथि ढुंगामुढाको प्रयास भएको थियो नेता महराले निर्वाचन सफल बनाउन थप गम्भीर हुँदै सबै उम्मेदवार र मतदाताको पूर्ण शान्ति सुरक्षाको प्रबन्ध मिलाउन गृह प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले घटनाप्रति आतंकित नहुन तथा संयम र धैर्यका साथ संविधान कार्यान्वयनको अभियानमा सक्रिय सहभागिता जनाउन जनसमुदायमा आगह्र गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?