प्रहरीको अपराध फाइलः बालक नछाड्ने विदेशीदेखि महिलालाई  थुनेर यस्तो गर्नेसम्म

काठमाडौं, २५ कात्तिक–शनिबार  २४ घण्टाको अवधिमा देशभर के–के भए ? नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशभर भएका घटनाको विवरण यस्तो छःबाल यौन दुराचारी पक्राउ बाल यौन दुराचार गर्ने कार्यमा संलग्न नेदरल्याण्डका नागरिक ७५ वर्षीय  हेनसिकस आर्डिनस लाई काठमाडौं कोटेश्वरस्थित एक होटलको कोठाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बिभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरी गराई पीडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त होटलबाट १ जना नेपाली पीडित बालकलाई तत्काल उद्दार गरी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका निजलाई बाल यौन दुराचार अपराध अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई मुद्धा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको सो ब्यूरोले जनाएको छ हातहतियार सहित पक्राउपन्चपुरी नगरपालिका–११ कुइनेमा जामुतर्फ जाँदै गरेको ध.१ च १०६ नम्बरको जिपबाट डेटोनेटर ६० थान, फ्युजवायर २२ मिटर र जिलेटिन ५ सय ५५ वटा बिष्फोटक पदार्थ सहित गाडी र चालक सोही नगरपालिका–१० गल्फ बस्ने २० वर्षीय किरण शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ अवैध लागूऔषध सहित पक्राउ काठमाडौ– काठमाडौं महानगरपालिका–११ बबरमहल बस्ने २४ वर्षीय सुमन उप्रेतीलाई निजले बोकेको झोलामा राखेको लागूऔषध डाइजोपाम १ सय ४६ एम्पुल, नोरफिन १ सय ४६ एम्पुल र फेनारगन १ सय ४६ एम्पुल, भारतीय रुपैयाँ १ हजार ५ सय र नेपाली रुपैयाँ २ हजार ३ सय २० सहित बबरमहलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका–२० रामघाटमा शंकास्पद अवस्थामा फेला परेका काठमाडौं ज्ञानेश्वर बस्ने २७ वर्षीय संजय शाहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उप्रेतीले लागूऔषध विक्री गरेको खुल्न आएको थियो । पर्सा ः वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका मधुवन–६ सथवल बस्ने २५ वर्षीय पुष्पलाल साह कानुलाई साथमा ल्याएको लागूऔषध खैरो हेरोइन करीव २ सय ग्राम र सेतो हेरोइन करीव ५ ग्राम सहित लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । ) महिलालाई कोठामा थुनेर बन्धक बनाउने पक्राउ ललितपुर– लेनदेनको बिषयमा महिलालाई कोठामा थुनेर बन्धक बनाउने ललितपुर महानगरपालिका–३ पुल्चोक सुजुकी मोडस्थित केशवसिंह ठकुरीको घर पुरै भाडामा लिएर हाल वखुण्डोल बस्ने भारत घर भएका ४९ वर्षीय रविन्दर सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । निज सिंहले भाडामा लिएको उक्त घरको दोस्रो तला ललितपुर महानगरपालिका–९ च्यासलकी ३७ वर्षीया निमा प्रधान डंगोललाई दिएकोमा निजसँग लेनदेनको विषयलाई लिएर रविन्दरले निमालाई उनकै कोठामा बाहिरबाट ताला लगाई निजको श्रीमानलाई समेत लिई हिँडेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटी गएको प्रहरीले ताला फोडी उनलाई सकुशल उद्धार गरेको हो । निमाका श्रीमान हाल सम्पर्कमा रहेका छन् । बन्चरो प्रहारबाट मृत्यु, अभियुक्त पक्राउरोल्पा– आफ्नै छोरी रुन्टिगढी गाँउपालिका–८ जिउरीवाङ बस्ने २३ वर्षीया पवावती केसी, नातिनीहरु २ वर्षीया दिपा केसी र ६ महिनाकी निया केसीसमेत ३ जनालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा रोल्पा नगरपालिका–७ घापा बस्ने ४३ वर्षीय लिलबहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानसिक सन्तुलन ठिक नभएका निज पुनले माइतीघरमा आएकी छोरीसमेतको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले पुनलाई बन्चरो सहित पक्राउ गरेको हो सवारी दुर्घटनामा मृत्यु तथा घाइतेटोखा नगरपालिका–९ गोंगबु म्याग्दी चोकस्थित बा.१ क ६९५० नम्बरको पानीट्याङ्करले शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं गोंगबु बस्ने बाँके नेपालगंजका २२ वर्षीय कृष्ण खड्काको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्लाः गोठीचौर गाउँपालिका–३ ओरी गोठीचौरमा ना.५ त ६०९१ नम्बरको ट्याक्टरको ट्रली पल्टिन गई शुत्रबार घाइते भएका डोल्पाको जग्दुला गाउँपालिका–१ बस्ने ३० वर्षीय लङकु रोकायको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । ट्याक्टर चालक फरार भएकोले खोजी कार्य भइरहेको छ । कञ्चनपुरः बेलौरी नगरपालिका–७ स्थित टेडियामा सडक निर्माण कार्य गरिरहेको भे.१ त ४७२३ नम्बरको ट्याक्टरले शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही स्थानमा काम गरिरहेका रुपन्देहीको देवदह नगरपालिका–२ लखनचोक बस्ने ४५ वर्षीय बसन्त ढुंगानाको श्रीपुर स्वास्थ चौकी बेलौरीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ रुपन्देही ः मायादेवी गाउँपालिका–७ स्थित लुम्बिनी–भैरहवा सडक खण्डमा ना.४ ख ४६१ नम्बरको ट्रकले लु. ३१ प ७५२४ नम्बरको स्कुटरलाई शुक्रबार ठक्कर दिंदा भएको दुर्घटनामा स्कुटर चालक सोही गाउँपालिका–६ बस्ने  २५ वर्षीय सरिफ भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । स्कुटरमा सवार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने २० वर्षीया ईसु गुरुङ सामान्य घाइते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवा पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीः कमलामाई नगरपालिका–२ पिपलभन्ज्याङस्थित बिपि राजमार्गमा बा.४ ख ३४४३ नम्बरको मिनिट्रक शुक्रबार दुर्घटना हुँदा घाइते भएका चालक सहित ७ जनालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाएकोमा ५ जना थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ भने गम्भीर घाइते २ जनालाई धुलिखेल अस्पताल लगेकोमा सोही नगरपालिका–२ भद्रकाली बस्ने ६९ वर्षीय सुकदेब श्रेष्ठको उपचारको क्रममा  मृत्यु भएको छ । घाइतेमध्ये १ जना गम्भीर र ५ जनाको अवस्था मध्यम रहेको छ स्याङजाः भिरकोट नगरपालिका–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ग.१ त ३५२६ नम्बरको ट्याक्टरबाट शुक्रबार अचानक खसेर घाइते भएका सोही ट्याक्टरमा सवार दाङको राप्ती गाउँपालिका–५ मौरीघाटका ३५ वर्षीय चन्द्रवीर चौधरीको हेलु सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ दैलेखः गुराँस गाउँपालिका–४ सियाकोटमा बा.४ ख ५०१० नम्बरको माइक्रोबस शुक्रबार दुर्घटना हुँदा माइक्रोबसमा सवार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली बस्ने ३३ वर्षीय पारस तिवारीको घटनास्थलमै तथा दैलेखको नौमुले गाँउपालिका–५ बस्ने ५५ वर्षीय रत्नबहादुर सिजाली र सोही ठाउँकी ५४ वर्षीया जसी रानाको नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली बस्ने १० वर्षीय गोबिन्द तिवारीलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपपुर बाँके रिफर गरिएको छ । अन्य १२ जनाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचार पश्चात घर फर्केका छन् मोरङः बिराटनगर महानगरपालिका–१५ हनुमान मन्दिर नजिक सडकमा डब्ल्यूबी १९ बी ८९६१ भारतीय नम्बरप्लेटको ट्याङ्करले शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री भारत फारबिसगंज बस्ने ३५ वर्षीय  कुणाल अग्रवालको कोशी अंचल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । गाडीचालक फरार रहेकोले खोजी कार्य भइरहेको छ भने ट्याङकर प्रहरीको नियन्त्रयमा छ धादिङः थाक्रे गाँउपालिका–१ खैरघारीमा ना.५ ख ८३९९ नम्बरको खाली ट्रक शनिबार स्थानीय महेश खोलामा खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका सह(चालक सर्लाही घर भएका २० वर्षीय भिम नेपाल क्षेत्री गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । चालक बाराको हरैया गाँउपालिका–१ बस्ने ४० वर्षीय महेश धिताल सामान्य उपचार पश्चात प्रहरीको नियन्त्रणमा रहेका छन् कैलाली ः जानकी गाउँपालिका–५ पथरैयास्थित सडकमा से.१ त ९२५३ नम्बरको ट्याक्टर शनिबार दुर्घटना हुँदा चालक जानकी गाउँपालिका–५ नवलपुर बस्ने २१ वर्षीय प्रदिप चौधरीको ट्याक्टर मुनी च्यापिँदा घट्नास्थलमै मृत्यु भएको छ । वेवारिसे अवस्थामा शव फेला महोत्तरी– लोहारपट्टी नगरपालिका–४ पिपराढीस्थित गेरुका नदीको बालुवाभित्र गाडिएर सडेगलेको अवस्थामा हाल  पहिचान खुल्न नसकेको मानिसको शव शुक्रबार परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?