सोलु आक्रमणका दोषीलाई कारबाही गर्न कांग्रेसको माग, कांग्रेसलाई नजिस्क्याउन कम्युनिष्टलाई चेतावनी

काठमाडौ, २५ कात्तिक । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा सोलुखुम्बुमा कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार सहित कार्यकर्तामाथि गरेको संघातिक आक्रमणको निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कारबाही गर्न सरकारसंग माग गरेको छ सोलुखुम्बुको दुधकौशीका गाउँपालिका लोखिममा आयोजित चुनावी सभालाई सम्वोधन गर्न गैरहनुभएका प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य बलबहादुर के.सी प्रदेशसभा १ का उम्मेदवार प्रकाशसिंह कार्की लगायतका नेता एवं कार्यकर्ताहरुलाई शुक्रबार विहान जंगलमा लुकेर बसेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले अन्धाधुन्द ढुंगामुढा गरी आक्रमण गरेका थिए नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी सो घट्नाको निन्दा एवम् भत्र्सना गर्नुभएको छ प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार घट्नामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ सहित आधा दर्जन भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार भए पनि कोषाध्यक्ष पेमा तामाङको अवस्था गम्भीर भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याई अहिले त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भैरहेको छ नेपाली कांग्रेसले निर्वाचनका क्रममा नेपाली कांग्रेसप्रतिको जनलहरबाट अतालिएर कम्युनिष्टहरुको अस्वाभाविक गठबन्धने यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणमा उत्रिएको आरोप लगाएको छ कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको उल्लेख गदैै यस्ता अवांछित क्रियाकलाप पुनः नदोहा¥याउन कम्युनिष्टहरुको अस्वाभाविक गठबन्धनलाई नेपाली कांग्रेस चेतावनी दिएको छ कांग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गन सरकारसँग माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?