आचारसंहिचाको धज्जी उठाउन थाले नवराज सिलवालले

ललितपुर, २५ कात्तिक । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि बामगठबन्धनबाट उम्मेदवारी दिएका पूर्व डिआईजी नवराज सिलवालले विद्यमालयमा चुनावी कार्यक्रम राखेका छन् शनिबार आचारसंहिचाविपरित गोदाबरीको टौखेलस्थित किटीनी माध्यमिक विद्यालयमा उनले चुनावी सभा राखेका हुन् । सिलवालले प्रतिष्पर्धी दलले बिजुलीका पोल तथा सार्वजनिक स्थानमा झण्डा राखेर आचार संहिता उंलघन गरेको उल्टै आरोप समेत लगाउनत भ्याए उनले स्थायी सरकारका लागि वामगठबन्धनका उम्मेदवारलाई मत दिन आह्वान गरेका छन् नेपालको स्वभिमान र सार्वभौम सत्तालाई कायम गरि मुलुकमा स्थायी सरकार बनाई सम्वृद्ध मुलुक निर्माणका लागि पुर्व मेची देखि महाकालि सम्म बामगठबन्धनको लहर छाएको भन्दै उनले वामगठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् विगत २५ बर्ष देखि वामगठबन्धनको किल्ला मानिएको ललितपुरका तीन वटै क्षेत्र मा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो फोटो: सविन धमलाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?