आचारसंहिचाको धज्जी उठाउन थाले नवराज सिलवालले

ललितपुर, २५ कात्तिक । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि बामगठबन्धनबाट उम्मेदवारी दिएका पूर्व डिआईजी नवराज सिलवालले विद्यमालयमा चुनावी कार्यक्रम राखेका छन् । शनिबार आचारसंहिचाविपरित गोदाबरीको टौखेलस्थित किटीनी माध्यमिक विद्यालयमा उनले चुनावी सभा राखेका हुन् । सिलवालले प्रतिष्पर्धी दलले बिजुलीका पोल तथा सार्वजनिक स्थानमा झण्डा राखेर आचार संहिता उंलघन गरेको उल्टै आरोप समेत लगाउनत भ्याए । उनले स्थायी सरकारका लागि वामगठबन्धनका उम्मेदवारलाई मत दिन आह्वान गरेका छन् । नेपालको स्वभिमान र सार्वभौम सत्तालाई कायम गरि मुलुकमा स्थायी सरकार बनाई सम्वृद्ध मुलुक निर्माणका लागि पुर्व मेची देखि महाकालि सम्म बामगठबन्धनको लहर छाएको भन्दै उनले वामगठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् । विगत २५ बर्ष देखि वामगठबन्धनको किल्ला मानिएको ललितपुरका तीन वटै क्षेत्र मा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । फोटो: सविन धमलाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?