देशका चर्चित पूर्वप्रधानमन्त्रीको गुमनाम अन्त्य, राज्यले थाहै पाएन !

काठमाडौं, २५ कात्तिक । उनले विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण प्रधानमन्त्री पदबाट राजीनामा दिए चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरे । सँधै राष्ट्रवादी छबी बनाए । तीन पटक सम्म देशको प्रधानमन्त्री भए । उनै पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन गुमनाम बनेको छ आज निधन भएका उनको राजकीय सम्मान बिनै अन्त्येष्टि गरिएको गरियो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार विहान निधन भएको थियो पूर्वप्रधानमन्त्री जस्तो विशिष्ट व्यक्तिको निधनमा राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने प्रचलन रभएपनि उनको परिवारले साधारण ढंगले परिवारले दाहसंस्कार गर्यो । राज्यले न उनलाई सम्मान दियो न त परिवारले नै खोजे । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटस्थित साझा चितामा जलाइएको थियो एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो । उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनी जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री हुँदै विसं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए ।  विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए ।विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका साथै सोही पार्टीबाट उनी विसं २०१५ फागुन गते भएको काठमाडौँ–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए ।उनले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए । उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो उनको दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?