हप्ताको अन्तिम दिन यस्तो छ सेयर बजारको परिसूचक

काठमाडौं, २५ कात्तिक । हप्ताको अन्तिम दिन आज सेयर बजारको परिसूचक ३५ अंकले घटेको छ । हप्ताको पहिलो दिन आइतबार १४९६ अंकमा रहेको नेप्से अन्तिम दिन १४६० अंकमा कायम भएको छ । अघिल्लो साता १५२३ अंकमा नेप्से बन्द भएको थियो यस हप्ता १७९ कम्पनीहरुको दुई अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १२ दशमलव ४७ प्रतिशत बढी हो । गत साता १८१ कम्पनीहरुको दुई अर्ब २४ करोडको बराबरको कारोबार भएको थियो समूहगत रुपमा हेर्दा यो साता वाणिज्य बैंक ३०, विकास बैंक ५१, वित्त १३, होटल १२६, जलविद्युत २२, बिमा २६, अन्य ७, व्यापार ७ अंकले घटेका छन् । उत्पादनमूलक समूह भने २ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७.४१ अंकले घटेर ३०६.७९ अंकमा आईपुगेको छ समग्र बजार घट्दा धेरै कारोबार हुने कम्पनीमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड ५६ लाख रुपैयाँको कारोबार भयो । दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३७ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकको ८ करोड ८८ लाख, एभरेष्ट बैंकको ७ करोड ९१ लाख तथा टेलिकमको ७ करोड ७८ लाखको सेयर किनबेच भयो त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७७ हजार कित्ता) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रह्यो । कारोबार संख्या (२७९५ पटक) को आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रह्यो। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो साताभर पाँच कम्पनीका सेयर बजारमा थपिएका छन्। रिलायबल माइक्रोफाइनान्स, एभरेष्ट बैंक, हाम्रो विकास बैंक र सेन्चुरी कमर्सियल बैंकको हकप्रद तथा मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?