साउदी अरबमाथि लेबनानविरुद्ध युद्ध छेडेको आरोप

एजेन्सी, २५ कात्तिक । लेबनानका हिज्बुल्ला नेताले साउदी अरबमाथि लेबनानकाविरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् । लेबनानका प्रधानमन्त्रीले साउदी भ्रमणमा नै रहेका बेला राजीनामा दिएपछि हिज्बुल नेता हसन नसरल्लाहले यस्तो बताएका हुन् लेबनानी प्रधानमन्त्री साद अल हरिरीले साउदीको राजधानी रियादबाट नै आफ्नो राजीनामा पठाएका थिए । हिज्बुल्ला नेता नसरल्लाहले भने साउदीले उनलाई जबरजस्ती रोकेर राखेको बताएका छन् उनले इजरायललाई पनि साउदीले लेबनानकाविरुद्ध भड्काइरहेको आरोप लगाएका छन् । शक्तिशाली हिज्बुल्ला शिया आन्दोलन इरानको समर्थन प्राप्त आन्दोलन हो । यसले लेबनान र यो क्षेत्रमा तनाव बढाउनका लागि साउदीलाई जिम्मेवार ठहर गर्दछन् शनिबार हरिरीले रियादबाट एक टेलिभिजन प्रसारणका क्रममा आफ्नो ज्यान खतरामा रहेका कारण प्रधानमन्त्रीको पद छाडेको बताएका छन् । उनले आफ्नो सम्बोधनमा इरान र हिज्बुल्लाको पनि विरोध गरेका थिए यद्यपि उनलाई लेबनानी राष्ट्रपति मिशेल आउन र अन्य वरिष्ठ नेताहरुले फिर्ता आउन आग्रह गरेका छन् । लेबनानी नेताहरुले उनलाई साउदी अरबमा नै घरमा नजरबन्द गरेर राखेर दबाब सिर्जना गरेको हुनसक्ने आशंका जनाएका छन् । लेबनानी राष्ट्रपतिले हरिरीको राजीनामा अस्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?