बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

लोकपथ
21
Shares

काठमाडौं । बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?