प्रचण्डद्वारा चितवनका सुकुम्बासी क्षेत्रसहित अन्य क्षेत्रका मतदातासँग अन्तरक्रिया

भरतपुर, २५ कातिक । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.–३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शिवनगरका लालपुर्जा बिहीनसँग अन्तरक्रिया गरेका थिए शनिबार बिहान अध्यक्ष प्रचण्डले वर्षाैंदेखि बसोबास गर्दै आएका सुकुम्बासीसँग अन्तक्र्रिया गरे । अन्तरक्रियामा लालपुर्जा नभएका स्थानीयले आफ्ना समस्या र गुनासो अध्यक्ष प्रचण्डसँग राखेका थिए आजसम्म सुकुम्बासीलाई भोट ब्याङ्क बनाइएको भन्दै सुकुम्बासी समस्याको दीर्घकालिन समस्या खोजिदिन प्रचण्डसँग स्थानीयले आग्रह गरेका थिए अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘२०३६ सालमा आन्दोलन चल्दै थियो, मैले शिबनगरको गौचरनमा खाम्बा गाडेर सुकुम्बासी बसालेको थिएँ, तपाईहरुलाई गौचरनमा बसालेपछि प्रशासनले मेरो घरमा छापा मार्याे, अनि म भूमिगत जीवनतिर गएँ । म पनि गरिबको छोरो हुँ, यो यहाँहरुले बुझ्नुभएकै होला ।’अध्यक्ष प्रचण्डले भने, ‘दश वर्षमा १० वटा सरकार बने। तर, बहुमतको सरकार बन्न सकेन। निर्वाचनपछि बहुमतको सरकार बन्छ, त्यसपछि राजनीतिक स्थीरताको वातावरण बन्छ, चितवनको रुप रङ्ग फेर्ने संकल्पसहित आएको छु ।’शनिबार बिहान नै भरतपुरको शिबनगरमा आयोजित कोणसभा र घरदैलोमा बोल्दै प्रचण्डले भने, ‘हामीले संविधान बनायौं । तर, राजनीतिक स्थिरता बनेन । यसपटक हामीले वामपन्थीको बलियो एकता बनाएर आएका छौं, यो हामी सबैको लागि खुसीको कुरा हो । अब नेपालमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन्छ । चितवन पनि अन्तर्राष्ट्रिय स्तरको नमूना शहर बनाइन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?