कम्युनिस्ट शासन भएमा प्राप्त नागरिक अधिकार सबै गुम्छ : देउवा

काठमाडौ, २४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार गुम्ने दाबी गरेका छन् २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका नेता लौहपुरुष गणेशमानसिंहको १०२ औं जन्मजयन्तिको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् प्रधानमन्त्री देउवाले गणेशमान सिंहसहित नेपाली कांग्रेसका नेताहरुले आफ्नो जीवनको पर्वाह नगरीकन नागरिक हक–अधिकारका लागि जीवनभर संघर्ष गरेको कारण नेपाली जनताले अहिले निर्वाध रुपमा मौलिक हक प्रयोग गर्न पाएको उल्लेख गरे नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिले राणा शासनको अन्त गराई नेपालमा प्रजातन्त्र ल्याएको प्रसंग उल्लेख गर्दै उनले लोकतान्त्रिक पद्धतिको विकासको लागि पहिलो निर्वाचन गराउन कांग्रेसले झण्डै ८ वर्ष राजासँग संघर्ष गर्न परेको पनि बताए २०१५ सालको आम चुनावमा दुईतिहाइ सीट जितेको नेपाली कांग्रेसको सरकार र संसद नै राजाले अपदस्थ गरेर तत्कालिन प्रधानमन्त्री वी.पी.कोइराला,सभामुख कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह लगायतका वरिष्ठ मन्त्री र कांग्रेस नेताहरुलाई जेलमा राखेपछि पनि उनले लोकतान्त्रिक शासन व्यवस्थाको पुनर्वहालीका लागि गरेको त्याग र जेलमुक्त भएपछि २०४६ सालको आन्दोलनको कुशल नेतृत्व गरेर लोकतन्त्रको बहाली गराउने उनको नेतृत्व क्षमताको पनि मुक्तकण्ठले प्रशंसा गरे प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनको चर्चा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिस्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएकोले उनीहरुको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुन पनि बताए उनले लोकतन्त्रमा मात्र नागरिकका अधिकारहरु सुरक्षित हुने उल्लेख गर्दै कम्युनिस्ट शासनमा सबै अधिकार गुम्ने र त्रासको वातावरण कायम हुने चर्चा गर्दै लोकतन्त्रमा मात्र भयमुक्त वातावरण रहिरहने बताए कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको त्याग र बलिदानबाटै वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने बताए गणेशमान सिंहलाई संसदीय व्यवस्थाको स्थापना र विकासका लागि जीवनभर संघर्ष गरेको त्यागी पुरुषको संज्ञा दिंदै उनले नेपाली जनतालाई राणाहरुको रैतीको स्तरबाट सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नागरिकको स्तरमा ल्याउन स्व.गणेशमान सिंहले गरेको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका कांग्रेस नेता सिंहले गणेशमान सिंह सहित नेपाली कांग्रेसका नेताहरुको अगुवाईमा सात दशकदेखि भएको संघर्षले प्राप्त नागरिक अधिकारलाई कम्युनिस्टहरु मिलेर अपहरण गर्न लागेको आरोप लगाए उनले कम्युनिस्टहरुले १० बर्षमा नेपालमा कम्युनिस्ट शासन ल्याउने षड्यन्त्र गरेको जिकिर गर्दै जनताको बलिदानबाट प्राप्त अधिकारको रक्षा गर्न नेपाली कांग्रेसलाई बहुमत दिलाउनु पर्ने विचार व्यक्त गरे उनले कम्युनिस्टहरुले मौका पाए लोकतन्त्र नै सखाप पार्ने भएकोले लोकतन्त्रको उपभोग गरिरहेका नागरिकहरु उनीहरुसंग सजग हुनुपर्ने उल्लेख गरे । नेता सिंहले भर्खर च्याउ झै उम्रिएका नयाँ पार्टीका नक्कली कुरा र सपनाका पछाडि नलाग्न पनि मतदाताहरुसंग आग्रह गरे उनले कसैलाई हतार भयो भन्दैमा सातै दिनमा धानको बीउ विकसित भएर धानको बालामा परिणत नहुनै पनि स्पष्ट पारे । कांग्रेसको नेतृत्वमा २००७ सालदेखि २०६२–६३ सालसम्मका सबै आन्दोलनहरु सफल भएको र हरेक आन्दोलनपछि कांग्रेसकै नेतृत्वमा संविधान पनि जारी भएकोले त्यसलाई कार्यान्वयन गर्न कांग्रेस कै नेतृत्व आवश्यक रहेको पनि जिकीर गरे कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले गणेशमान सिंह नेपाली राजनीतिका त्याग,तपस्या र बलिदानको अर्को नाम भएको उल्लेख गरे उनले गणेशमान सहित नेपाली कांग्रेसका नेताहरुको त्याग, तपस्या र शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई नेपालका कम्युनिस्टबाट खतरा उत्पन्न भएको उल्लेख गर्दै यसको रक्षाको लागि आउदो चुनावमा नेपाली कांग्रेसलाई बहुमतले जिताउन आग्रह गरे कार्यक्रममा पूर्व राजदूत निलाम्बर आचार्य, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र पूर्व प्रधान सेनापति रुक्माङगत कटवालसमेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?