माइक्रो दुर्घटनामा ३ जनाको मृत्यु, अन्य १६ जना घाइते

दैलेख, २५ कात्तिक । दैलेखको गुराँस गाउँपालिका ४ मा शुक्रबारराति भएको माइक्रोबस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् सुर्खेतबाट दैलेख आउँदै गरेको बा १ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुरास गाउँपालिका वडा नं. ४ सियाकोटमा शुक्रबार राति दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ प्रहरीले घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा बुटवल–७ दीपनगरका वर्ष ३८ का विनोदकुमार अगहरी, नारायण नगरपालिका–१ की २५ वर्षीया हेमा खड्का, वीरेन्द्रनगर–९ का १२ वर्षका गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का वर्ष १९ का खेमराज बुढा, पाटाभार–२, बर्दिया वर्ष २५ का नरेश थारु र वर्ष ३६ का धर्म थारु घाइते भएका छन् यस्तै पाटाभार–२ बर्दिया वर्ष ३५ का विनोद चौधारी, दुल्लु नगरपालिका–८ दैलेखका २४ वर्षीय सुरेश देवकोटा, दैलेख कालभैरव–१ का वर्ष २१ का विमलबहादुर थापा र पाटाभार–२ बर्दिया वर्ष ३६ का पशुराम चौधरी घाइतेका भएका छन् घाइतेहरुको देउती नार्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?