२०७८,श्रावण,१८,सोमवार

माइक्रो दुर्घटनामा ३ जनाको मृत्यु, अन्य १६ जना घाइते

२०७४,कार्तिक,२५,शनिवार ०७:२७


दैलेख, २५ कात्तिक । दैलेखको गुराँस गाउँपालिका ४ मा शुक्रबारराति भएको माइक्रोबस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् सुर्खेतबाट दैलेख आउँदै गरेको बा १ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुरास गाउँपालिका वडा नं. ४ सियाकोटमा शुक्रबार राति दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ प्रहरीले घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा बुटवल–७ दीपनगरका वर्ष ३८ का विनोदकुमार अगहरी, नारायण नगरपालिका–१ की २५ वर्षीया हेमा खड्का, वीरेन्द्रनगर–९ का १२ वर्षका गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का वर्ष १९ का खेमराज बुढा, पाटाभार–२, बर्दिया वर्ष २५ का नरेश थारु र वर्ष ३६ का धर्म थारु घाइते भएका छन् यस्तै पाटाभार–२ बर्दिया वर्ष ३५ का विनोद चौधारी, दुल्लु नगरपालिका–८ दैलेखका २४ वर्षीय सुरेश देवकोटा, दैलेख कालभैरव–१ का वर्ष २१ का विमलबहादुर थापा र पाटाभार–२ बर्दिया वर्ष ३६ का पशुराम चौधरी घाइतेका भएका छन् घाइतेहरुको देउती नार्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका कुनैपनि स्तरका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जनाएको छ । त्रिविका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । कक्षा १२ को परीक्षा आउन अझै

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९