माके नेता वर्षमान पुन चढेको गाडीमा विप्लव कार्यकर्ताले गराए बिस्फोट

रोल्पा, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका वर्षमान पुनलाई लक्षित गरी विप्लवको नेकपाका कार्यकर्ताले माइन विस्फोट गराएका छन् रोल्पा जिल्लाको माडी गाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा भएको विस्फोटबाट गाडीमा समान्य क्षति पुगेको छ विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्यकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेको बताइएको छ । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको बताइएको छ माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको बताइएको छ । नेता पुनसहित सो गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् त्यसैगरी एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती र माओवादी तर्फका समानुपातिक उम्मदेवार दीपेन्द्र पुन सिजल पनि गाडीमा थिए शुक्रबार मात्रै रुकुममा पनि माओवादी केन्द्रका उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?