पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार निधन भएको छ क्यान्सर रोगसँग लामो समयदेखि लडिरहेका विष्टको शनिबार बिहान ९० वर्षको उमेरमा निधन भएको हो शनिबार बिहान साढे दश बजे ज्ञानेश्वरस्थित घरमै बिष्टको निधन भएको परिवारिक स्रोतको भनाई छ क्यान्सर रोगका कारण थलिएका उनी लामो समयदेखि घरमा नै आराम गरिरहेका थिए । बिष्ट पञ्चायत कालमा तीनपटक प्रधानमन्त्री बने भने ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?