२०७८,श्रावण,१५,शुक्रवार

फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

२०७४,कार्तिक,२५,शनिवार ०६:०७


काठमाडौं, २५ कात्तिक । विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरमाथि यौन दुर्व्यवहारको आरोप लागको छ अमेरिकी महिला फुटबल टोलीकी गोलरक्षक होप सोलोले ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् विश्वकप विजेता ३६ वर्षकी सोलोका अनुसार सन् २०१३ को बालोन डि’ओर अवार्ड समारोहमा ब्लाटरले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् आफू अवार्ड प्रस्तुत गर्न स्टेजमा जाने बेला ब्लाटरले यौन दुर्व्यवहार गरेको सोलोको आरोप छ । पोर्चुगलको पत्रिका एक्प्रेसोसँगको कुराकानीको क्रममा ब्लाटरले आफ्नो हिपमा समातेको सोलोले बताएकी हुन् आफू नर्भस भएका कारण यो कुरा पहिले नभनेको उनले बताएकी छन् । पछिल्लो समय यौन दुर्व्यवहारमा परेको भन्दै घटना बाहिर ल्याउने क्रम बढेको छ । सोलोले अमेरिकी राष्ट्रिय टिमबाट दुई सय २ खेल खेलिसकेकी छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२५,शनिवार ०६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसतर्फ विश्व नम्बर १ नोभाक जोकोभिच बाहिरिएका छन्। शुक्रवार खेलिएको सेमी फाइनल खेल

शुक्रवार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फ्लाइवेट बक्सिङ विधातर्फ भारतकी भेट्रान बक्सर मेरी कोमले पराजय भोगेकी छिन्। बिहीवार महिला

काठमाडौं। आठ पटक शहीद स्मारक ए-डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लब (एमएमसी)ले आफ्नो युथ एकेडेमी क्लब सञ्चालन गर्ने पक्का भएको

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९