फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

काठमाडौं, २५ कात्तिक । विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरमाथि यौन दुर्व्यवहारको आरोप लागको छ अमेरिकी महिला फुटबल टोलीकी गोलरक्षक होप सोलोले ब्लाटरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् विश्वकप विजेता ३६ वर्षकी सोलोका अनुसार सन् २०१३ को बालोन डि’ओर अवार्ड समारोहमा ब्लाटरले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् आफू अवार्ड प्रस्तुत गर्न स्टेजमा जाने बेला ब्लाटरले यौन दुर्व्यवहार गरेको सोलोको आरोप छ । पोर्चुगलको पत्रिका एक्प्रेसोसँगको कुराकानीको क्रममा ब्लाटरले आफ्नो हिपमा समातेको सोलोले बताएकी हुन् आफू नर्भस भएका कारण यो कुरा पहिले नभनेको उनले बताएकी छन् । पछिल्लो समय यौन दुर्व्यवहारमा परेको भन्दै घटना बाहिर ल्याउने क्रम बढेको छ । सोलोले अमेरिकी राष्ट्रिय टिमबाट दुई सय २ खेल खेलिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?