मतदाताले बिर्सन नसक्ने हुँदा आफ्नो जित सुनिश्चत : गच्छदार

इनरुवा, २५ कात्तिक । आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आफ्नो जित सुनिश्चित भएको बताएका छन् उनले आफूले सो क्षेत्रको माटो पानीलाई कहिले पनि बिर्सन नसक्ने भएकाले नागरिक र मतदाताले बिर्सन नसक्ने हुँदा आफ्नो जित सुनिश्चत रहेको बताए मन्त्री गच्छदारले अबको पाँच वर्षभित्र सुनसरी जिल्लाको सबै बाटोघाटो कालोपत्र हुने बताएका छ । साथै राजनीतिक आन्दोलन सकिएकाले विकास र सुशासनका लागि अब आफूले काम गरेर देखाउने बताए देशमा राजनीतिक संघर्ष धेरै भएकाले अब मुलुकको विकास निर्माण र जनताको जनजीविकाको सुधारका लागि काम गर्ने बेला आएको भन्दै सुनसरीको क्षेत्र नं ३ सहित जिल्लाका सबै बाटो कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरे गच्छदारले भने, ‘म ४७ वर्ष राजनीति जीवन बिताएको र २०४८ साल देखि निरन्तर रुपमा सुनसरीको क्षेत्र नं ३ बाट पाँच कार्यकालसम्म जित हासिल गर्दै आएको छ्रु र अब हुने निर्वाचनमा फेरि पनि विजयी हुने साथै पाँच वर्षभित्र सबै खोलानालामा पुल एंव सबै बाटोमा कालोपत्र गर्ने योजना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?