एसिया–प्रशान्त क्षेत्रमा दशक यता आर्थिक प्रगति आश्चर्यजनक: राष्ट्रिपति ट्रम्प

भियतनाम, २५ कात्तिक । शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई ‘आश्चर्यजनक’ सफलता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत होे र अझै उदीयमान रहेको छ, । राष्ट्रपति ट्रम्पले थपे एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आजका दिनमा गरेको आर्थिक सुधार आश्चर्यजनक सफलता हो, राष्ट्रपति ट्रम्पले मध्य भियतनामका दा नाङ शहरमा भएको एसिया–प्रशान्त आर्थिक सहायता (एपेक) को उच्च अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त धारणा व्यक्त गरेका थिए सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले गरेको आर्थिक सफलताकोे प्रसंशा गर्दै भन्नुभयो, “चीनले विगत केही दशकमा बजारीकरणमा निकै सुधार ल्याएको छ जसका कारण तीव्र आर्थिक वृद्धि दरको अनुभव र रोजगारका अवसरलाई फैलाउन सफल भएको छ ।”अमेरिकी राष्ट्रपतिले विश्व बैंक र एसियाली विकास बैंकले उच्च गुणस्तरको आधारभूत संरचनाको निर्माणमा लगानी गर्दै यस क्षेत्रको आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने र यसमा अमेरिकाकातर्फबाट सम्भावित सहयोग रहने बताए शुक्रबार समाप्त भएको एपेक प्रमुखहरूको सम्मेलनमा विश्वका करिब दुई हजार व्यवसायीले प्रतिनिधित्व गरेका र सम्मेलन क्षेत्रीय आर्थिक विकासका लागि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?