मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द, वैकल्पिक सडकको प्रयोग गर्न आग्रह

चितवन, २५ कात्तिक । आज दिनभर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । नारायणगढ सडकखण्डअन्तर्गतको सेतीदोभानमा रहेको अति जोखिमयुक्त ढुंगो पन्छाउनका लागि आज दिनभर जसो सवारी आवागमन रोकिने भएको छ नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान भएकोले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी आवागमन रोकी ढुंगा पन्छाउने काम गरिने छ आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले सवारी चालकहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह समेत गरेका छन् त्यस्तैगरी, भोलि आइतबारदेखि कालोपत्र गर्ने स्थानमा एकतर्फी रुपमा बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोकि काम अघि बढाइने खनालको भनाइ छ भोलिबाट एकहप्ताका लागि परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी रहेको छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो तोकिएको समयमा सडक मर्मतको काम नसकिदा आगामि फागुनसम्मको लागि म्याद थप गरि पुन काम हुँदै आएको छ भने सो सडक क्षेत्रमा अहिलेसम्म ५८ प्रतिशत मात्र काम सम्पन्न भएको ट्राफिक प्रहरी प्रमुख पन्तले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?