केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा २६९ अर्ब लाग्ने अनुमान

काठमाडौँ, २५ कात्तिक- नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक पर्ने वातावरणीय, भौगर्भिक, वनलगायत क्षेत्रका विज्ञसहित आएको चिनियाँ टोलीले यस्तो अनुमान गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख केशवकुमार शर्माले बताए । केरुङदेखि काठमाडौैंसम्म करिब सय किलोमिटर रेलमार्ग निर्माणको लागत अनुमान गरिएको हो । चिनियाँ पक्षले तत्काल आयोजनाका रूपमा अघि बढाउनेभन्दा पनि उच्च तहमा छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । चीनले आयोजनाको प्रारम्भिक अध्ययनलाई भने निरन्तरता दिने बताएको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?