८८ केजी सुन तस्करी प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौँ, २५ कात्तिक- काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे, नयाँ पत्रिकामा खबर छ अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो । प्रहरी अनुसन्धान प्रतिवेदनको ठीकविपरीत अदालतबाट आदेश आएको छ । प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दाेष देखिएको जनाएको थियो । ४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुई÷दुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?