रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

लोकपथ
35
Shares

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न जिल्ला अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन् । मतदानमा उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत मात्र पाए ।

यस्तै, जिल्ला उपसभापति पदमा दुर्गाप्रसाद अर्याल विजयी भएका छन् । अर्यालले २३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत ल्याइन् । सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरे । सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यहरूमा शर्मिला आचार्य ३२२ मत, अनिता पन्थी २६७ मत, जमुना सापकोटा १६० मत, रामनाथ हरिजन १७२ मत र राजबहादुर क्षेत्री २४० मत प्राप्त गरेर विजयी भएका छन् । निर्वाचन समितिका अनुसार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रको संयोजकको पनि टुङ्गो लागेको छ ।

जसअनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेत्र नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेत्र नं ३ को संयोजकमा छविलाल शर्मा, क्षेत्र नं ४ को संयोजकमा विश्वनाथ शर्मा र क्षेत्र नं ५ को संयोजकमा शेषकान्त गैरे ‘समिर’ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?