भोट हाल्न कहिले आउने ?

काठमाडौं, २५ कात्तिक- अघिल्ला वर्षमा मंसिर लाग्दै पढ्न राजधानी छिरेका छोराछोरीलाई गाउँबाट फोन आउँथ्यो । मंसिर लाग्दै गर्दा बाआमाबाट आउने फोनमा सन्देश हुन्थ्यो, ‘घरमा अन्न भित्र्याउनुप¥यो, घरमा नयाँ बुहारी भित्र्याउनुप-यो ।’यस वर्ष पनि मंसिर लाग्दै छ, गाउँबाट फोन आएका छन् । तर फोन गर्ने भने फरक छन् । कारण पनि फरक छ । देश चुनावमय बन्दै गएको छ । गाउँलाई चुनावले छोप्दै गर्दा सहर र आफ्नो गृह जिल्लाभन्दा बाहिर, राजधानी र विदेशमा रहेका हुर्केका युवालाई गाउँबाट भोट हाल्ने निम्तो आउन थालेको छ यसपालिको निम्तो भने अलि फरक छ । निम्तारु अनुहार उही भए पनि यसपालिको निम्तो अन्न भित्र्याउन र बुहारी भित्र्याउन भने होइन । मतदानका लागि हो । संविधान जारी भएपछि मंसिरमा हुन लागेको ऐतिहासिक प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सहर पसेका युवालाई गाउँ बोलाउने क्रम सुरु भएको छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?