काठमाडौं । रसुवाको स्याफ्रुबेशीबाट काठमाडौं आउदै गरेका युवकको साथबाट १९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आारोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन् ।
सोही गाउँपालिका–६ अन्तर्गत पासाङ ल्हामु राजमार्गमा स्याफ्रुबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडी चेकजाँच गर्नै क्रममा उनले बोकेको झोलाभिबाट १९ लााख ५२ हजार १ सय रुपैयाँ बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको रकमबाट एक हजारको १ हजार ८४५ थान नोट, पाँच सयको २१३ थान तथा एक सय दरका ६ थान नोट रहेको छ ।
अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार धुन्चे बजारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद नगदसहित पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई हुण्डी कारोबारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला अदालत रसुवाबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया