प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

लोकपथ
14
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरुको ध्यान केन्द्रित भएको बताएकी हुन् ।

मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरु गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

उनले आफ्नो मन्त्रालयले कम्तिमा १५ दिनमा सञ्चारकर्मीहरुसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताइन् । मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरु, सञ्चारकर्मीहरु लगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि बताइन् ।

उनले भनिन्, ‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकी हाम्रो मेट टार्गेट भनेको नै सय बुदा थियो । यसलाई कसरी कम्पिलिट गर्ने रु हामीलाई माथि बाटनै सम्मानीय ज्यूको मेन निर्देशन शासकीय सुधारको जुन हन्ड्रेट प्वईन्टस थियो । त्यसलाई कसरी कम्पिलिट गर्ने भनेर सबै उतातिर फोकस भयौँ । प्रेस एडभाईजरी हामीले टाईम टू टाईम यसरी मिटिङ राख्नुपर्ने । यसमा हाम्रो ध्यान नै गएन । त्यसका लागि हामी क्षमाप्राथी नै छौँ । यो हाम्रो इन्ड होइन, कन्टिन्युटी हो । हाम्रो प्रवक्ताले यो भनिसक्नु भयो । सम्भव भएपछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्ने छौ । हजुरहरुको जति पनि गुनासाहरु छ । फिडब्याक र एडभाईसहरु छ । सचिव र सचिवालयले नोट गरेको छ । सुधारका कुराहरु धेरै आएका छन् । हाम्रा कमीकमजोरीहरु, हाम्रा स्ट्रेन्थहरु के छन ? त्यो हामी सबैले बुझेका छौँ । यसलाई आत्मासात गर्दैै हामी पक्कै अघि बढ्नेछौँ ।’

मन्त्री मेहताले मन्त्रालयमा आउने गरेका गुनासोहरु पनि सम्बोधन हुँदै जाने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?