ईश्वरी भुजेल हत्या प्रकरणमा कारबाहीको माग गर्दै बालाजु प्रहरी वृत्त पुगे पूर्वगृहमन्त्री गुरुङ

लोकपथ
0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी वृत्त पुगेका छन् ।

नेपाली सेनामा कार्यरत गोरखा निवासी ईश्वरी भुजेलको गएराति हत्या भएपछि गुरुङ घटनाबारे बुझ्न प्रहरी कार्यालय पुगेका हुन् ।

उनले प्रहरीसँग भेट गरी घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।

गुरुङले पक्राउ परेका कुमार थापा मगरमाथि निष्पक्ष अनुसन्धान गर्न पनि प्रहरीलाई आग्रह गरेका छन् ।

प्रहरी पुग्नुअघि उनले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी समवेदना व्यक्त गरेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको र हत्या कारणबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?