समस्याग्रस्त पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण चुक्ता गर्न आग्रह

लोकपथ
84
Shares

काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिको शुक्रबारको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका कुल ११४ जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

सार्वजनिक विवरणअनुसार लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनल नमोबुद्धका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका ५ जना ऋणी रहेका छन् ।

समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिएका छन् । समितिले सम्बन्धित ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएको ऋण तत्काल चुक्ता गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?