काठमाडौं, २५ कात्तिक- राज्यको कोष खर्चेर किनिएका सवारीसाधन समयमै लिलाम नगरिँदा त्यसै नष्ट भएर जाने गरेका छन्। ०४६ सालदेखि यातायात व्यवस्था विभागले सरकारी सवारीसाधनको दर्ता सुरु गरेको हो। दर्ता भएका सबै सवारीसाधनको लगतकट्टा नभएको विभागले जनायो। विभागको तथ्यांकअनुसार आव ०७३/७४ मा मात्र देशभर ६ हजार ७७ वटा सरकारी गाडी दर्ता भएका छन्। तीमध्ये ९ सय ३५ वटा काठमाडौंमै दर्ता भएका छन्बाग्मती अञ्चलमा मात्र १३ हजार १ सय ९७ साना र ३ हजार ४१ ठूला गरी १६ हजार २ सय ३८ वटा सवारीसाधन दर्ता छन्। पहेंलो प्लेटका २ हजार २ सय ५६ वटा संस्थानका गाडी दर्ता छन् भने २५ हजारभन्दा बढी मोटरसाइकल दर्ता भएको छ। पुराना भएकाले यी सवारीका ब्ल्युबुकलगायत कागजातको कुनै अत्तोपत्तो नभएको कार्यालयको स्टोर शाखामा कार्यरत कर्मचारी बताउँछन्वन विभागमा नीलो प्लेटका १० वटा, सेतो प्लेटका ४ वटा र मोटरसाइकल २४ वटा छन्। लिलाम गर्दा कर अनिवार्य बुझाउनुपर्ने व्यवस्थाले सवारीको लगतकट्टा गर्न समस्या भएको वन विभागका कानुन शाखा प्रमुख अवोधकिशोरप्रसाद कुस्वाले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया