बढी खर्च गरे उम्मेदवारी खारेज

काठमाडौँ, २५ कात्तिक – कुनै उम्मेदवारले तोकिएको सीमाभन्दा बढी खर्च गरेको पाइएमा त्यस्ता उम्मेदवारको उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिइएको छ । दलहरूले निर्वाचनमा विजयी हुन पार्टीको घोषणापत्रभन्दा पनि आर्थिक चलखेल बढी गर्न थालेको जानकारी आएको भन्दै निर्वाचन आयोगले अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायहरूसँग आग्रहसहित यस्तो चेतावनी दिएको हो प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायहरूसँग आग्रह दिए, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?