लोहनीले हलोमा भोट माग्दै निकाले यस्तो विज्ञप्ति

काठमाडौं, २४ कात्तिक— एकीकृत राप्रपा राष्ट्रवादीले आगामी मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ६१ जिल्लाबाट समानुपातिक र प्रत्यक्ष गरी ५१७ उम्मेदवारलाई निर्वाचनमा सहभागि गराएको छ सो पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्उनले सनातन हिन्दु राज्य, संवैधानिक राजसंस्थाको पुर्नस्थापना, भ्रष्टाचारविरुद्ध संघर्ष तथा नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गराउनको लागि माहोल निर्माण गर्न चारकुना भित्र रहेको हलो चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?