काठमाडौँ महानगरपालिकाले केन्द्र सरकारलाई गर्ने भयो यस्तो अनुरोध

काठमाडौँ, २४ कात्तिक – काठमाडौँ महानगरपालिकाले केन्द्र सरकारलाई अस्थायी ल्याण्डफिल साइट निर्माण गरिदिनका लागि अनुरोध गर्ने भएको छ तेह्र वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर थुपारिँदै आएको नुवाकोटस्थित सिसडोलमा अब बढीमा छ महिनासम्म मात्र फोहर राख्न सकिने भएकाले तत्काल अर्को स्थान तय गर्नुपर्ने भएकाले केन्द्र सरकारसँग यस किसिमको माग गर्ने भएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए अघिल्लो शुक्रबार काठमाडौँ उपत्यकाका १८ नगरपालिकाका प्रमुखको बैठकले दीर्घकालीन ल्याण्डफिल साइटभन्दा पहिले अस्थायी ल्याण्डफिल साइट निर्माण गर्न आवश्यक रहेको निष्कर्ष निकालेकाले यस किसिमको माग गर्ने जनाएका हुन् सरकारले विसं २०५२ देखि नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माण गर्ने भन्दै हाल फोहर व्यवस्थापन गरिएको स्थानभन्दा दुई किमी पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा लिइसकेको छ केन्द्र सरकार र कामपाले बञ्चरे डाँडालाई नै स्थायीरुपमा फोहर संकलन गर्ने स्थान बनाउने बताए पनि काम अघिबढ्न सकेको छैन । कामपाले फोहर व्यवस्थापन गर्ने स्थान केन्द्र सरकारले व्यवस्था गर्नुपर्ने, कि त बजेटसहित स्थानीय सरकारलाई निर्माणको जिम्मा दिनुपर्ने माग राख्दै आएको छ काम अघि नबढेकाले बञ्चरेडाँडामा कहिलेदेखि फोहर संकलन गर्न पाइने कुरा यकिन नभएकाले हालका लागि अस्थायी फोहर राख्ने स्थान अत्यावश्यक रहेको कामपाको भनाइ छ उपत्यकाका १८ नगरपालिकामध्ये १२ नगरपालिकाको फोहर सिसडोलमा फाल्ने गरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर सिसडोल लाने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?