लोकतान्त्रिक गठबन्धनले चुनाव जित्न जरुरी : गच्छदार

इटहरी, २४ कात्तिक -नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले संविधानको पूर्ण कार्यान्वयनसहित देशमा प्राप्त लोकतन्त्रको संस्थागत स्थायित्व र आर्थिक समृद्धितर्फ मुलुकको अग्रगामी विकासका लागि लोकतान्त्रिक गठबन्धनले अहिलेको चुनाव जित्न जरुरी रहेको कुरामा जोड दिएका छन् उपप्रधानमन्त्री गच्छदारले आज आफ्नो निर्वाचन क्षेत्र नं ३ को एकम्वामा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उक्त कुरामा जोड दिंदै लोकतन्त्र नरहे यो देशमा वाम तानाशाही शासन प्रणाली लादिनसक्ने खतरा सामु आइरहेकोतर्फ सचेत हुनुपर्ने परिस्थितिले देखाएको पनि स्पष्ट पारे नेपालको इतिहासको हरेक मोडमा देश र जनतालाई अप्ठ्यारो पर्दा नेपाली काँग्रेसले त्यसविरुद्ध आन्दोलन गर्दै आएको इतिहासको स्मरण गर्दै उपप्रधानमन्त्री गच्छदारले लोकतन्त्रमाथि कालो बादल मडारिन थालेको खतराको संकेत देखिएकैले अहिले प्राप्त लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक ढिक्का बन्न जरुरी रहेको बताए नेपालको राजनीतिक इतिहासमा भएका विभिन्न घटनाक्रमले वाम शक्तिबाट धेरै अप्रिय र विध्वंसात्मक कार्य हुँदै आएको तथ्य लोकतान्त्रिक शक्तिले नजिकबाट हेर्दै, भोग्दै, व्यहोर्दै आएकाले फेरि पनि त्यही परिस्थितितर्फ वर्तमान वामगठबन्धनले संकेत गराएकाले लोकतन्त्रवादीले सशंकित बन्नुपरेको पनि उपप्रधानमन्त्री गच्छदारले प्रष्ट पारे सोही अवसरमा निर्वाचन क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कुमारजङ थापाले सोझा नेपाली जनताका माझमा गरिबमूखी भन्दै नारा दिने वाम गठबन्धनलाई नजिकबाट चिन्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?